10.1 C
Kathmandu
Saturday, February 14, 2026
tagDiv Newspaper Theme
HomeKnowledgeके हो जातीयता को सत्यता ? जात को भ्रम कहिले सम्म ?

के हो जातीयता को सत्यता ? जात को भ्रम कहिले सम्म ?

सर्वप्रथम यो कुरा बुझ्न जरुरी छ कि शास्त्रहरूमा र हाम्रो सामाजिक व्यबहारमा अलि फरक छ ।
“जन्मना जायते शुद्र कर्मणा द्विज उच्यते ”
अर्थात कुनै पनि व्यक्ति शुद्रको योनीमा जन्महुन्छ र उसले गर्ने कर्मले नै उसलाई द्विज बनाउँदछ । भन्छ शास्त्र तर जुन कुल परम्परा मा जन्मिएको छ उ त्यही हुन्छ भन्ने समाजको मान्यता रहेको देखिन्छ ।
“शुद्रेण हि समस्तावद्यावद्वेदे न जायते” मनुस्मृति २।१७२ अर्थात ‘जबसम्म वेदको शिक्षा आरम्भ हुँदैन तब सम्म उ शुद्रबराबर हुन्छ ।
मनुस्मृति का अन्य धेरै मन्त्र(श्लोकहरू :- १०।0६५, ९।३३५, ४।२४५, २।१०३ आदि ) ले जन्मका आधारमा नभएर कर्मबाट नै ब्राह्मण क्षत्रीय वैश्य शुद्र हुन्छन भन्ने कुरा प्रमाणीत गरेको छ ।

ढोङ(नाटक,नौटङ्की,देखावटी) गर्ने ब्राह्मण बाहेक जो शास्त्रोक्त नियम पढेको र गहिरो अध्ययन पनि भएको
ब्राह्मणहरू(कर्मको आधारमा) पूजा पाठ गर्ने, वेदादि ग्रन्थ पढ्ने, शुद्ध पवित्र स्वच्छ रहने गर्दछन किनकी उनीहरू भगवान को आराधनामा तत्पर रहन्छन भगवानको आराधना फोहोरमा बसेर, अशुद्ध भएर अपवित्र भएर या फोहोरी भएर गरिन्न र सम्भव पनि छैन (बाँकी जाती फोहोरी हुन्छन भन्न खोजीएको होईन अन्यथा नबुझिदिनुहोला) । अन्य जति पनि जातहरू(कर्मको आधारमा) छन् उनिहरूको कर्म गर्ने क्रममा वा नियति वस् उनिहरू अभक्ष चिज को भोजन, गर्न नहुने कर्म पनि गर्नु परेको र गरेका हुन्छन् । जस्तो सीमाको रक्षा गर्ने कर्ममा क्षत्रीय, व्यापार व्यवसाय गर्ने कर्ममा वैश्य र सेवा गर्ने कर्ममा शुद्रहरू आफ्नो कर्मको कारण त्यति धेरै शुद्धता पवित्रता आदिमा रहन सम्भब छैन र हुँदैन ।

ब्राह्मणोस्यमुखमासीद्वाहूराजन्यः कृतः । ऊरूतदस्ययद्वैश्यः रद्य्भा ॰ शूद्रोऽजायत – शुक्लयजुर्वेद ।३१।११।
भावार्थ:- कुनै एक पुरुषको(भगवानको) मुखको भाग ब्राह्मण(वेदादि ग्रन्थ पढ्ने हुँनाले), हातहरू क्षत्रीय(रक्षा गर्ने हुँनाले), पेट वैश्य(सबै खाएको कुरा यसैमा संचित गर्ने र इन्द्रियहरूलाई संचित शक्तिपठाउने हुनाले) र पाउ शुद्र (सबै शरिरको भार उसैलाई पर्छ र जुनसुकै ठाउँमा यो शरीरको भारी लाई पुर्याउँने हुँनाले) हुन्छ । यहाँ पुनः भन्न चाहान्छु कि एउटै शरिरको अंगलाई भनिएको हो कुनै पनि जात जाति विशेषलाई होईन ।
अब आफै भन्नुहोस कि कसले भन्न सक्नुहुन्छ की मलाई मेरो शरिर को यो अंग(ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र) चाहिदैन भनेर ?
जसरि सबै अंग विना शरिर अपुर्ण छ त्यसैगरि सबै जात बिना जीवन अपुर्ण छ ।
यसरि हेर्दा सामन्य हात मिलाउँदा त हाम्रो राम्रो नराम्रो अनेक कुराहरू र रोग समेत सर्छ भने अब आफै बिचार गर्नुस ती कर्म गर्ने ले पकाएको खान उचित हुन्छ या हुन्न । छुवाछुत भन्ने तत्व के हो कस्तो हो भनेर हाल विभिन्न रोग का कारण आफ्नै परिवार मा पनि त छुवाछुत छ यो कुरा बाट हामीलाई हाम्रा ऋषिमुनिले दिनुभएको ज्ञानको रहस्य बुझ्नु पर्ने होइन र ?
यहाँ यी कुरा प्रस्तुत गरेर कुनै पनि जन्मजात रुपमा प्राप्त उपाधि कसैलाई राम्रो र कसैलाई नराम्रो भन्न खोजिएको होईन । यहाँ त सकेसम्म यथार्थताको उजागर गर्ने प्रयास का रुपमा प्रस्तुत गरिएको हो ।
अब केहि जात सम्बन्धि प्रश्न उत्तर…

राम ले सवरीको वयर खानुभयो शवरी को थिईन् ?
विश्वामित्र ऋषी मन्त्र द्रष्टा हुनु भयो वहाँ को हुनुन्थ्यो ?
व्यासले लेखेका ग्रन्थहरू पढ्दै आउनुभएको छ व्यास कस्का पुत्र हुन् ?
विदुरको घरमा श्रीकृष्णले भोजन गर्नु भएको र कृष्णको अत्यन्तै प्यारो व्यक्ति(भक्त) विदुरको हुन् ?
नारद को बारेमा भन्नु नपर्ला नारद यो जन्म हुनु अघि को हुन् ?
रामको चरित्र त्यति मज्जाले पढ्छौ राम को हुन् ?
कृ्ष्णको कथा सुनेन सुनाएर आनन्द लिन्छौ कृष्ण को हुन् ?
के यी सबै ब्राह्मण हुन् ? र के यिनीहरूले ब्राह्मणको विरोध या द्रोह गरे ? अरू को को हुन् के के गरे एक पटक यी प्रश्नहरूका उत्तर पनि खोज्नुहोस् र आफैँ उत्तर दिनुहोस् ।
यस्ता अनगिन्ती उदाहारणहरू छन् ।
सचेत, ज्ञानी, पढेको, अनुभवी, साधक र खोज कर्ताले आफैले बुझ्नुहुन्छ बाँकी बुझेर पनि अबुझ बन्नेलाई बुझाउन ब्रह्मा आफै आए पनि सक्नुहुन् ।
हो हाम्रो समाजमा जन्मजात जातीय प्रथाको नराम्रो जरो गडेर बसेको छ त्यसलाई चिर्नु पर्छ त्यो हामी सबै को दायित्व हो तर ती शास्त्रमा उल्लेखित कर्महरूका आधारमा ।

माथी उल्लेखित कुरामा आएका कुनैपनि जाती विशेष लाई ठुलो सानो बनाउन र भन्न वा त्यस्तो नराम्रो नियत ले भनिएको होईन । यदि त्यस्तो भूलवस पर्न गएमा यही बाट क्षमा चहान्छु । (बुझ्न हुने व्यक्तिले अवश्य क्षमा दिनुहुनेछ ।)

यस्ता विविध जानकारीका लागी हामी सँग जोडिरहनुस् र अधिक जानकारीका लागी हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ । हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।


लेखकः– पं. श्री सुरज कौण्डिन्य(पराजुली)
#Being#Being in Nepal#Jaat Haru Ko Adyayan#Jatiyata#Khoj Search Channel#आदिवासी जनजाति वर्गीकरण#क्षेत्री जाती#जन्मजात#जन्मना जायते शुद्र#जात को भ्रम#जात भनेको के हो#जात र थर#जात वर्गीकरण#जाती#जातीय प्रथा#दलित जाति का इतिहास#नेपालमा जात जाति
Post navigation

RELATED ARTICLES

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments