Home Uncategorized कोरोना भाइरस Coronavirus in nepal नेपालमा

कोरोना भाइरस Coronavirus in nepal नेपालमा

0

कोरोना भाइरस नेपालमा कोरोना भाईरस Coronavirus कविता ‘कोरोना’ छन्द-शार्दूलविक्रीडित ‘कोरोना’ किन फैलियौ भुवनमा,कालै स्वरूपी बनी पीडा त्रास बढ्यो समस्त जनमा,हल्ला चल्यो सन्सनी ‘कोरोना’ अति उच्च घातक छरे,सुन्दा नि सन्त्रास भो राज्यैले अब दीर्घ सोच नगरे,के हुन्छ यो देशको . (१)

मान्छे भो अति चट्पटे प्रकृतिमा,ज्यादै विकर्मी भए भेटेका सब बस्तु ती भुवनका,सम्पूर्ण खादै गए काँचा ती गँगटा र सर्प कछुवा,खाँदा चमेरा पनि के पच्थ्यो बिचरा शरीर भयले,तात्यो त्यसै हन्हनी . (२)

त्यै बेला अति दुष्ट भाइरस ले,डेरा गर्‍यो पेटमा फैल्यो चीन प्रदेशबाट सहजै,अन्यत्र ती देशमा ‘कोरोना’ अति सूक्ष्म भाइरस हो,धक्का दिने ज्यानमा राखौ है सबले सतर्क पन लौ,संपूर्ण खान्पानमा . (३)

हाम्रा संस्कृति नै अपूर्व तहका,क्या सौम्य संस्कार छ गर्दैनौँ हग, कीस, स्वच्छ अति नै,हाम्रो ‘नमस्कार’ छ धोई हात सदैव कन्चन बनी,खाना त सादा लिनू जोडी हात प्रणाम मात्र गरियून्,भीड्भाडमा जोग्गिनू . (४)

नेपाली मन दर्बिलो छ अति नै,डर्दैन कैले पनि हाम्रा पूर्वज रक्त एन्टिबडि हुन्,मर्दैन कैले पनि सारा ती भयबाट मुक्त रहनू,छौँ शक्तिशाली भनी त्यो आत्मैबल उच्च पार्नू सबले,टर्नेछ कालै पनि . (५)

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version