Home Knowledge चन्द्रमा को प्रभावले जीवन मा के कस्तो फल मिल्छ ?

चन्द्रमा को प्रभावले जीवन मा के कस्तो फल मिल्छ ?

0

कुण्डलीमा हेर्नुस् आफैँ चन्द्रमा को फल…

ज्यौतिषशास्त्रमा चन्द्रको स्थान उच्च रहेको छ । ज्यौतिषशास्त्रमा मात्र नभएर चन्द्रमाको वर्णन विभिन्न शास्त्रहरू जस्तै वेद, पुराण, उपनिषद एवं वैज्ञानिक ग्रन्थहरूमा पनि पाइन्छ । चन्द्रमा मनसो जातश्चक्षो……. (शुक्लयजुर्वेद ३१।१२) चन्द्रमा मनको कारक हो मन नै मानिसको बन्धन र मोक्षको पनि कारण हो (मनः एव मनुष्याणां कारणं बन्धमोक्षयोः । विष्णुपुराण ६।७।२८) । मानिसको मन, मस्तिष्क, सोच, विचारधारा आदिको प्रतिनिधित्व चन्द्रमाले गर्ने भएकाले यी कुराहरुको बारेमा बिचार गर्दा कुण्डलीमा चन्द्रमाको अवस्था बिचार गर्नुुपर्ने हुन्छ । वृष राशिको चन्द्रमा उच्च हुन्छ भने कर्कट राशिको चन्द्रमा स्वगृही हुन्छ ।
चन्द्रमाको आधारमा मानिसको बौद्धिक क्षमता बिचार गरिन्छ भने माताको पक्ष हेर्दा त्यसको आधार चन्द्रमा नै हो । कुण्डलीका द्वादशभावमा बसेको चन्द्रमाको छुट्टाछुट्टै फलहरु हुने गर्दछ । लग्नको चन्द्रमाको अवस्था अनुसार मात्र शुभफल हुन्छ भने अशुभ चन्द्रमाले उन्मत्त, जड, लाटो , मूर्ख आदि प्रवृतिको साथमा कान कम सुन्ने लगायतका समस्याहरू जातक(मानिस)लाइ दिने गर्दछ । अशुभ चन्द्रमा भनेको पापग्रहसँग बसेको चन्द्रमा, पापदृष्ट चन्द्र, पापाक्रान्त चन्द्र, त्रिकस्थानगत चन्द्र, एवं क्षीण चन्द्र हो । क्षीणचन्द्रमा कृष्णपक्ष पञ्चमी देखि शुक्लपक्षको अष्टमी सम्मको चन्द्रमा हो ।

  1. लग्नमा बसेको चन्द्रमा यदि उच्च छ, स्वराशीको छ भने जातक धनी, धेरै सन्ततीले युक्त, धेरै पारिवारिकसदस्ययुक्त एवं ज्ञानी पनि हुनेछ ।
  2. कुण्डलीको द्वितीय भावमा बसेको शुभ चन्द्रमाले धन एैश्वर्य प्रदान गर्दछ ।
  3. तृतीयभावमाबसेको चन्द्रमाले क्रुरकर्म गर्न प्रेरित गर्दछ । त्यसकारण तृतीयस्थानमा चन्द्रमा हुने व्यक्तिले कार्यगर्दा सतर्कता अपनाउँनु बुद्दिमानी हुन्छ ।
  4. मातृस्थानको चन्द्रमाले मातृसुखको साथमा पारिवारिक पक्षलाई राम्रो बनाउने र गृहसुख जातकलाई प्रदान गर्दछ ।
  5. पञ्चमस्थानको चन्द्रमाले शत्रुबाट पीडित बनाउने, सुन्दरशरीरवाला एवं उग्रस्वभावको, तीव्र कामवासनाको सम्भावना मानिसको जीवनमा हुन्छ ।
  6. षष्ठस्थानमा चन्द्रमा हुने व्यक्तिको स्वास्थ्य एवं स्वासप्रस्वासमा समस्याहरू आउँन सक्ने सम्भावना हुन्छ ।
  7. सप्तमस्थानको चन्द्रमाको फल ईर्षालु एवं अन्त्यन्त कामवासनालेयुक्त हुन्छ ।
  8. अष्टमस्थानको चन्द्रमा नराम्रो मानिन्छ । अष्टमस्थानको चन्द्रमाले रोग, व्याधिले ग्रसित बनाउने गर्दछ भने मानिसलाई भावनामा बग्ने बुद्धिको विकास गराउँदछ । त्यस्तै प्रकारले प्रोष्टेडको समस्या अष्टम चन्द्रमाले दिन्छ । यदि चन्द्रमा बलियो एवं शुक्लपक्षको जन्म र रात्रीको जन्म भएमा एवं कृष्णपक्षको दिवा जन्म भएमा चन्द्रमाले अष्टमस्थानमा पनि राम्रो फल प्रदान गर्दछ । यदि चन्द्रमा अष्टमस्थानमा भएर पीडित भएको अवस्थामा बाल्यकालमा रोगी, मानसिक चिन्ताले व्याकुल, चिसो पीडित जस्ता समस्या आउने गर्दछ साथै मानिसको मनमा एक प्रकारको डर सदा सर्वदा रही रहने योग पनि बन्दछ ।
  9. नवमभावलाई भाग्यभाव पनि भनिन्छ नवमभावमा भएको चन्द्रमाले मानिस धनी हुन्छ, पुत्रसुखले युक्त, असलमित्र सुखले युक्त एवं उसको भाग्योदय छिटो हुन्छ ।
  10. कुण्डलीको दशमभाव भन्नाले कर्मभावलाई बुझिन्छ त्यसभावमा चन्द्रमा बस्नाले मानिसलाई कार्यसिद्धियोगको निर्माण हुन्छ । धर्म, कर्म एवं सद्बुद्धिका साथमा पराक्रमी मानिस बन्दछ ।
  11. एकादशभावका सबै ग्रहहरू शुभकारक नै मानिन्छन् चन्द्रमाले पनि मानिसलाई लाभवान् बनाउँदछ त्यसका साथै प्रख्यात व्यक्ति बनाउने काम पनि चन्द्रमाले गर्दछ ।
  12. बाह्रौँ भावमा चन्द्रमा वस्नाले क्षुद्र स्वभाव एवं अङ्गहीन मानिस बन्दछ (बृहज्जातक २०,४,५,६) 
  13. यदि चन्द्रमा खराब छ भने मानिसमा यसको प्रभावले भावनात्मक असन्तुलन पैदा हुन्छ । मेन्टल्लि डिस्पोजिसनको अवस्था खराबचन्द्रले गर्दछ । सोचबिचार नगरी बोल्ने समस्या, नकारात्मक सोचाइको वृद्धि, मानसिक विचलन, एकाग्रताको कमि, निरन्तरतामा बाधा एवं भावुक व्यक्ति खराबचन्द्रमाको नराम्रो फल हो ।
  14. रोगादिको विषयमा कुरा गर्नुपर्दा चन्द्रमा रगतसँग सम्बन्धित ग्रह हो । अर्थात् शरीरमा भएका पञ्चतत्त्व मध्ये रगतको प्रतिनिधित्त्व चन्द्रमाले गर्दछ ‘स्नाय्वस्थ्यसृक्तवगथ शुक्रवसे च मज्जा मन्दार्कचन्द्रबुधशुक्रसुरेज्यभौमाः (बृहज्जातकः २।११०)’ त्यसकारण चन्द्रमापीडित भएको कुण्डलीमा जब चन्द्रमो दशा आउने गर्दछ त्यस समयमा मानिसलाई रगतसँग सम्बन्धित समस्या देखिन सक्छ । चन्द्रमा मानिसको लग्नकुण्डलीमा छ भने वा चन्द्रमाको राशि लग्नमा छ भने मानिस सुखि, अत्यन्त राम्रो शरीर, अत्यन्त राम्रा आँखा एवं कफ प्रकृतिको हुन्छ । स्वभावमा चन्द्रमा शान्त स्वभावको ग्रह हो । चन्द्रमाको अवस्था युवा हो भने चन्द्रमा मनकोगुरु भएकाले चन्द्रमा बलवान हुने व्यक्तिहरू सात्विक, प्राज्ञ, सौम्य प्रकुतिका हुन्छन् । मानिसको जन्मकालिक चन्द्रावस्थानुसार वा आधानकालिक चन्द्रावस्थानुुसार पनि गर्भको विषयमा एवं सन्तानको विषयमा बिचार गर्न सकिन्छ । स्त्रीको जन्मराशिबाट अनुपचयस्थानमा ९ १,२,४,५,७,८,९,१२० वर्तमानकालिक चन्द्रमा छ त्यस चन्द्रमालाई मङ्गलले दृष्टिपात गर्दैन भने त्यस्तो अवस्थामा उत्पन्न स्त्रीरज गर्भाधानकालागि समर्थशाली हुन्छ अन्यथा गर्भको सम्भावना हुदैन । (जातकपारिजातः ३।१६०)।
  15. सन्तान के जन्मछ भन्ने विषयमा पनि चन्द्रमाको अवस्था बिचार गर्नु पर्र्दछ । यदि आधानकालिक कुण्डलीमा विषमराशिमा, पुरुषराशिको नवमांशमा लग्न, सूर्य, बृहस्पति एवं चन्द्रमा छन् भने पुत्र जन्म हुन्छ एवंप्रकारले सम राशिमा स्त्रीग्रहको नवमांशमा लग्न, सूर्य, बृहस्पति एवं चन्द्रमा छन् भने स्त्री वा पुत्री जन्म हुन्छ ९जातकपारिजातः३।२१० । कुनै अवस्थामा चन्द्रमा नै सन्ताकोलागि बाधाको कारक पनि हुने गर्दछ जस्तै आमासँगकोप गर्नाले एवं भगवतीमाताको श्राप एवं आमाको श्राप कसैलाई पर्यो भने चन्द्रमाको कारणले सन्तान बाधायोग निर्माण हुन्छ । चन्द्रमाको प्रभावले धेरै नराम्रा योगहरूबाट पनि मानिसलाई बचाइ राखेको हुन्छ ।

यस्ता विविध जानकारीका लागी हामी सँग जोडिरहनुस् र अधिक जानकारीका लागी, समस्याहरू को समाधानहरूका लागी हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version