Home Knowledge नीति पद्यहरू

नीति पद्यहरू

0

आमा निन्दा गर्छिन्, बा अभिनन्दन गर्दैनन्, दाजूभाइ बोल्न छाड्छन्, नोकर क्रोध गर्छ, छोरोले भनेको टेर्दैन, पत्नीले आलिङ्गन(माया आदि) गर्दिनन् । त्यसकारण हे मित्र ! धन उपार्जनमा शङ्का नगर (धन कमाउ), धनकै वशमा सबै छन् । “छन् गेडा(धन) सबै मेरा छैनन् गेडा(धन) सबै टेढा ।” नेपाली उखान जस्तै ।
“माता निन्दति नाभिनन्दति पिता भ्राता न संभाषते
भृत्य: कुप्यति नानुगच्छति सुत: कान्ता: च नालिङ्गते ।
अर्थप्रार्थनसङ्कया नकुरुते संभाषणं वै सुहृद्-
तस्मात् द्रव्यमुपार्जयस्व सुमते ! द्रव्येण सर्वे वशा: ।।”– सुभाषित ।

पाँच प्रकारका आमा को को हुन्छन् ?
गरुकी पत्नी(गुरू आमा), राजाकी पत्नी(रानी), मित्र(साथी वा मित)की पत्नी, श्रीमतीकी आमा(सासु) र आफ्नी आमा । यी पाँच प्रकारका आमा हुन् –
गुरुपत्नी राजपत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैताः मातरः स्मृताः ॥

मूर्ख आफ्नो घरमा पूजित हुन्छ। मुखियाको आफ्नो गाउँमा पूजा हुन्छ। राजाको आफ्नो देशमा मात्र पूजा हुन्छ भने विद्वान् को सबै ठाउँमा पूजा हुन्छ।
स्वगृहे पूज्यते मूर्खः स्वग्रामे पूज्यते प्रभुः।
स्वदेशे पूज्यते राजा विद्वान्सर्वत्र पूज्यते॥

राम्रो रितिले(सँग) पाकेको भोजन, बिद्यावान पुत्र, सुशिक्षित अर्थात आज्ञाकारी स्त्री , राम्रो प्रकारले सेवा गरिएको राजा, सोचबिचार गरेर भनिएको वचन र बिचार गरेर गरिएको काम यिनिहरु कालान्त सम्म पनी जिबन्त रहन्छ ।
सुजीर्णमन्नं सुविचक्षणः सुतः,
सुशासिता स्री नृपतिः सुसेवितः।
सुचिन्त्य चोक्तं सुविचार्य यत्कृतं,
सुदीर्घकालेऽपि न याति विक्रियाम् ।।

यस्ता विविध जानकारीका लागी हामी सँग जोडिरहनुस् र अधिक जानकारीका लागी, समस्याहरू को समाधानहरूका लागी हामीलाई सम्पर्क पनि गर्न सक्नुहुनेछ । हजुरहरूले पनि आफ्ना लेख, रचना, ज्ञान–विज्ञान सम्बन्धित खोज, विभिन्न जानकारी आदि यस साइडको नियममा रहेर प्रसारण गराउँन चाहानुहुन्छ भने हामीसँग सम्पर्क गर्नुहुन अनुरोध पनि गर्दछौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version